News Portal

पछिल्लाे २४ घण्टामा नेपालमा थप १०१४ जनामा कोरोना पुष्टि,२० जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
४८२ पटक

काठमाडाै, २२ मंसिर। पछिल्लाे २४ घण्टामा  नेपालमा थप  १ हजार १४  जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने २० जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने मृतककाे संख्या  १६ सय १४  पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज  १६ सय २८  जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या २ लाख २७ हजार ४३३  पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४ प्रतिशत हो।  सक्रिय संक्रमितकाे संख्या देशभर १२ हजार ९४८  रहेकाे  छ।

प्रतिकृया दिनुहोस्