News Portal

आज प्रधानमन्त्री ओलीले बोलाएर सर्वदलीय बैठक

रातोपोस्ट संवाददाता
४२९ पटक

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्दै छ। बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

उनका अनुसार ‘समसामयिक राष्ट्रिय राजनीतिका विषयमा’ संवाद गर्न बैठक राख्न लागिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहभागी हुनेछन्। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपालखबरसँग भने, ‘यो बेलाबेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो।’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेको तथा देशभर राजवादीको प्रदर्शन बढिरहेका बेला आह्वान गरिएको सर्वदलीय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। यसअघि वैशाख ३१ गते भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा छलफल गर्न पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका थिए।

प्रतिकृया दिनुहोस्