News Portal

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : पौडेल

रातोपोस्ट संवाददाता
८२४ पटक

काठमाडौँ, २३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको बताएका हुन् ।

यद्यपि, उनले यो टिकाउ नहुने बताउँदै यसमा काँग्रेस मौन बसेकाले पनि यस्तो भएको बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्ष काँग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला काँग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, काँग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’

उनले नेकपामा सर्वसत्तावादी प्रवृत्ति दाबी रहेको पनि आरोप लगाए । ‘अरु नेताहरु (माधव–प्रचण्ड) का काुरा लिबर नै देखिन्छ । अर्घेलो ओलीको देखिन्छ । सर्वसत्तावादी प्रवृतिबाट ओली हौसिएका छन् । यो प्रवृति मेटिनुपर्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्