News Portal

  • सफल व्यक्ति कसरी बन्ने ? यी १० सुत्र काम लाग्न सक्छन्

    रातोपोस्ट संवाददाता
    ६०५ पटक

    काठमाडौं, २३ मंसिर । अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका धनी व्यक्ति मानिन्छन् ।

    आउनुहोस , उनका केही यस्ता भनाइबारे जानकारी दिँदैछौं । जसलाई फलो गरेर जो कोही पनि सफलताको शिखरमा पुग्न सक्छ ।

    यहाँ ज्याक माका १० भनाईहरु उल्लेख गरिएको छ । जुन उनको अनुभवमा आधारित छन् ।

    १. सफलताका लागि धैर्यता निकै जरुरी छ ।

    २. जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
    ३. संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।

    ४. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।

    ५. जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

    ६. म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।

    ७. तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।

    ८. कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।

    ९. यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।

    १०. जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)