News Portal

अज्ञात समुहद्वारा माेरङ्गमा शिक्षककाे गाेली हानी हत्या

रातोपोस्ट संवाददाता
८५१ पटक

बिराटनगर,२३ मंसिर। मोरङ्गमा एक  शिक्षकको अपहरणपछि गोली हानी हत्या भएकाे  छ। प्रहरीका अनुसार जिल्लाकाे मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

मृतक शिक्षक स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेकाे र उनलाई आज बिहान ‘अज्ञात समूह’ले अपहरण गरेर हत्या गरिएकाे खबर पाएपछि अहिले प्रहरी सहितकाे टाेली घटनास्थलतर्फ गएकाे मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका बताए। घटनाकाे थप विवरण आउन बाँकी छ।

 

प्रतिकृया दिनुहोस्