News Portal

भारतमाथि अष्ट्रेलियाको जित

रातोपोस्ट संवाददाता
८७१ पटक

काठमाडाैं, २३ मंसिर । अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टी क्रिकेटमा भारत पराजित भएको छ।

घरेलु मैदान सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनमात्रै बनाउन सक्यो।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए पनि हार टार्न पर्याप्त भएन। यस्तै शिखर धवन २८, हार्दिक पाण्डे २० रनमा आउट हुँदा केएल राहुल र श्रेयस ऐर शून्य रनमा पेभेलियन फर्किए । अस्ट्रेलियाका मिचेल स्विपसनले ३ विकेट लिए भने ग्लेम म्याक्सवेल, सियन अबोट, एन्ड्रयु टाइ तथा अडम जम्पाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि म्याथु वेडले सर्वाधिक ८० रन बनाए भने म्याक्सवेल ५४ तथा स्टिभ स्मिथ २४ रनमा आउट हुँदा कप्तान आरोन फिन्च शून्य रनमा आउट भए । भारतका लागि वासिंगटन सुन्दरले २ विकेट लिँदा टी नटराजन तथा सार्दुल ठाकुरले १/१ विकेट लिए। आजको खेलमा पराजित भएसँगै भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट क्लिन स्विप गर्नबाट वञ्चित भएको छ। यसअघि दुई खेलमा पराजित भएको अस्ट्रेलिया भने सान्त्वना जित निकाल्दै टि–टवान्टी सिरिज अन्त्य गर्न सफल भएको छ।

प्रतिकृया दिनुहोस्