News Portal

मोरङका शिक्षक हत्या प्रकरण : घटनाकाे जिम्मा लिँदै विप्लव नेकपाले भन्यो- प्रतिकारका क्रममा मृत्यु

रातोपोस्ट संवाददाता
१०६४ पटक

काठमाडौं, २३ मंसिर। मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले घटनाको जिम्मेवारी लिएको हो ।

विज्ञप्तिमा पार्टीविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको दाबी छ । यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको इन्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्