News Portal

पछिल्लो २४ घण्टामा १०५६ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५९९ पटक

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ४८३ संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २४५ छ । पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार २४५ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३० हजार ५३७ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ५ हजार ९७२ पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्