News Portal

झापामा थप २३ जनामा काेराेना पुष्टि, २ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
६१६ पटक

झापा, २४ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  २३ जनामा काेराेना संक्रमण पुष्टि  भएकाे छ भने २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा शिवसतासी-१० का ८५ वर्षिय पुरूष र दमक -३ का ४१ वर्षिय पुरूष रहेका छन्।

त्यस्तै संक्रमित हुनेहरूमा दमक वडा नं.२,३,४,५ र ९ का ७ जना, बिर्तामाेड वडा नं.२ का  २ जना ,  मेचिनगर वडा नं. २ र १०  का २ जना ,   भद्रपुर वडा नं.  ८ र १० का ३ जना रहेका छन्।

त्यस्तै अर्जुनधारा वडा नं. ११ का १  जना ,  शिवसतासी वडा नं. ११  का १ जना,  बाह्रदशी वडा नं. २  का १ जना, कमल वडा नं. २, ५ र ६ का ५ जना,  बुद्दशान्ती वडा नं. २ का १ जना  गरी २३ जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका  फाेकल पर्सन जिवन चौलागाईँले जानकारी दिएका छन्।

आजसम्म  झापामा ३४२२४ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ४२३३ पुगेकाे छ।

त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या ३०९३ रहेकाे छ । आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १०९१ रहेकाे छ भने  हाेम आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या  १०८३ रहेकाे  र हालसम्म ११९ जनाकाे मृत्यु भएकाे छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)