News Portal

चारआलीमा वृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

रातोपोस्ट संवाददाता
१५४२ पटक

मेचीनगर, २५ मङ्सिर । मेचीनगर–१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ ।

अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो । प्रहरीले अभियुक्त भद्रपुर–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । आज विहान अभियुक्त आफैले वृद्धाको शब भेटिएको खबर प्रहरीलाई दिएका थिए ।

बिर्जाले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता राकेश थापाले बताए । लोकतन्त्र पोस्ट

प्रतिकृया दिनुहोस्