News Portal

अध्यक्ष कमल थापाले गरे राप्रपाको चुनाव चिह्न हलो सार्वजनिक

रातोपोस्ट
८०६ पटक

मकवानपुर,  २५ मंसिर  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले बिहीवार एक कार्यक्रममा पार्टीको झण्डा र चुनाव चिह्न हलोको सार्वजनिकरण गरेका छन् ।

राप्रपा मकवानपुरले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरूको इमान्दारिताभन्दा दलगत स्वार्थ भएको आरोप लगाए । उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।

सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए ।रासस

प्रतिकृया दिनुहोस्