
उदयपुर, २६ मङ्सिर। उदयपुरमा आफ्नै बुबामाथि कुटपिट गरि हत्या गरेको अभियाेगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८ वर्षीया अनिसा पुलामी मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।