News Portal

मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४९९ पटक

विर्तामोड,२५ मंसिर । झापामा मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- १ निवासी ३३ बर्षीय ललित चौधरी रहेको प्रहरीले बताएकाे छ।

अर्जुनधारा-१ स्थित सालवारी जाने सडक किनारमा बसिररहेका चौधरीलाई गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ  ।

प्रतिकृया दिनुहोस्