News Portal

बुधबारे जेसीजको नयाँ नेतृत्व, अध्यक्षमा वाग्ले चयन

रातोपोस्ट संवाददाता
६३७ पटक

झापा । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ ।

शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हाे ।

२०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत चयन भएका छन् । कार्यकारीणी उपाध्यक्षमा जेसी अर्जुन ढकाल र जेसी कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी अनिल घिमिरे, जेसी बिनोद रिजाल, जेसी रुद्र निरौला, जेसी पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षतामा भएको साधारण सभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष जेसी विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।

प्रतिकृया दिनुहोस्