News Portal

एनएमसीको २८ औ वार्षिक साधारण सभामा चार कर्मचारी सम्मानित

रातोपोस्ट संवाददाता
५५७ पटक

मेचीनगर ,२८ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद मैनालीले एनएमसीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै बहुआयामिक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै सहकारीको प्रशंसा गरे । २०५० सालमा स्थापित एनएमसी सहकारी देशमै नमुना सहकारीको रुपमा स्थापित भएको उनको भनाइ थियो ।

कार्यक्रमकी विशेष अतिथि मेचीनगर कार्यबहाक नगर प्रमुख मिना उप्रेतीले स्थानीय सरकारले गर्नुपर्ने काम एनएमसीले गरिरहेको भन्दै आगामी दिनमा एनएमसीसँग सहकार्य गरेर अघि बढने बताइन ।

सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष उप्रेतीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले बिभिन्न क्षेत्रमा लगानी गरिरहेको बताए । एनएमसी डेरी सञ्चालनमा आएपछि दुधको प्रतिष्पर्धी बजार सिर्जना भएको र सदस्यहरुले दुधको उचित मुल्य पाउन सफल भएको उनको भनाई थियो । एकिकृत नमुना कृषि परियोजनाको बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सदस्यहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न यसले प्र्रेरीत गर्ने सहकारीले चौथो व्यवसायको रुपमा एनएमसी सहकारी पसल सञ्चालनमा ल्याएको र यसै बर्ष १५ वटा सहकारी पसल पुर्याउने लक्ष रहेको तथा पाँचौ व्यवसायको रुपमा चिया व्यवसाय रोजेको र आगामी सिजनबाटै तयारी अर्थाेडक्स र ग्रीन टी उत्पादन गरी बजारमा पठाउने योजनाका साथ काम अधि बढेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा बैंड्किङ व्यवसाय प्रमुख ठाकुर प्रसाद सिवाकोटीले साधारण सभाको मोडलकाबारेमा प्रकाश पारेका थिए । भने लेखा प्रतिवेदन लेखा सुपरीवेक्षेण समिति संयोजक विष्णु गौतमले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य दुर्गा खतिवडा , मेचीनगर सहकारी समन्वय समितिका संयोजक हिम्मत क्षेत्री लगायतले बोलेका थिए ।

साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । यसरी सम्मनित हुनेहरुमा दीर्घ सेवा उत्कृष्ट कर्मचारीको रुपमा विष्णु पौडेल, वर्ष उत्कृष्ट कार्यलय प्रमखको रुपमा प्रकाश पौडेल, बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सुबोध बुढाथोकी र बर्ष उत्कृष्ट बजार प्रतिनिधिको रुपमा यादव थापालाई सम्मान गरेको छ । सम्मानित बजार प्रतिनिधि थापालाई १० हजार नगद सहित सम्मा पत्र तथा अरु तीन जनालाई १५ हजार नगद तथा सम्मा पत्र प्रदान गरिएको थियो । वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोईरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्