News Portal

बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पक्राउ

रातोपोस्ट संवाददाता
९३८ पटक

काठमाडौं, २८ मंसिर । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ५५ वर्षीय सन्दीप कार्कीलाई आज दिउँसो पक्राउ गरेको हो। उनी बेलौरी नगरपालिका-३ खिरियाका हुन्।

उनीमाथि गत असोज २ गते ती बालिकालाई बलात्कार गरेको आरोप छ। प्रहरीले उनीविरूद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिकृया दिनुहोस्