News Portal

काँकरभिट्टामा होटल तथा ट्राभल व्यवसायीको अगुवाइमा नाका खुलाउन माग गर्दै एक हजारबढीको हस्ताक्षर

रातोपोस्ट संवाददाता
७७६ पटक

मेचीनगर, २८ मंसिर । अव्यवस्थित पुर्बी नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । बन्द पुर्बी नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा बसपार्कमा आज हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कायक्रममा एक हजार भन्दाबढी होटल व्यवसायी, पर्यटन व्यवसायी, मजदुर, उद्योगी–व्यापारी, स्थानीय व्यक्तिहरुले हस्ताक्षर गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले बताए ।

१ हजार जना भन्दाबढीको हस्ताक्षर रहेको ज्ञापनपत्र संघीय सरकारमा पुग्ने गरि झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य राम कार्कीलाई सोमबार विहान मेचीनगर–९ स्थित उहाँकै घरमा पुगेर बुझाउने योजना रहेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र)ले जानकारी दिए ।

पटक-पटक हामीले सम्बन्धित क्षेत्रमा नाकाको विषयमा ज्ञापन पत्र ध्यानाकर्षण गर्दा पनि कुनै पहल नभएकोले हामी संघर्षमा उत्रिनु परेको होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु आधिकारीले बताए । महामारीको कारणले बन्द रहेको काँकरभिट्टा नाका खुलाउन मागसहित हस्ताक्षर अभियानमा गरिएको व्यवसायी एवं सामाजिक अगुवा रामबहादुर तामाङले बताए ।

हस्ताक्षर कार्यक्रममा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु अधिकारी, मेची उद्योग बाणिजय संघ मेचीनगरका महिला उपाध्यक्ष विना तामाङ्ग, नगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), रामबहादुर तामाङ, नगर सचिव हस्तबहादुर तामाङ्ग, उद्योगी–व्यापारी, मजदुर र स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्