News Portal

नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५११ पटक

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ। हालसम्म १८ लाख ३१ हजार ८१ जनाको कोरोना परीक्षण गरिएको छ।

नेपालमा हाल १० हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन्। ४ हजार ४६२ जना संस्थागत आइसोलेसनमा र ६ हजार २३२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। पछिल्लो २४ घण्टामा १ हजार ५०० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ।

प्रतिकृया दिनुहोस्