News Portal

  • झापामा थप १७ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ३५६ पटक

    झापा, २८ मंसिर । झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७ जना पुगेको छ ।

    झापामा मृत्यु हुनेको संख्या १२३ जना पुगेको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमितमध्ये ३ हजार ४९१ जना निको भएका छन् भने ७०३ जना सक्रिय संक्रमित रहेका छन् ।

    आज थपिएका कोरोना संक्रमितमा दमक र विर्तामोडका ५–५ जना, गौरादहका ३ जना कमल, शिवसताक्षी, मेचीनगर र गौरीगञ्जका १–१ जना रहेका छन् । संक्रमित सबै स्थानीय समुदायका रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)