News Portal

नाका खुलाउन माथि कुरा राख्छु – सांसद कार्की

रातोपोस्ट संवाददाता
६९३ पटक

झापा, २९ मंसिर । प्रतिनिधि सभा सदस्य राम कार्कीले पुर्बी नाका खुलाउने विषयमा संसदमा कुरा गर्ने बताए । आज सोमबार होटल तथा ट्राभल व्यवसायीले नाका खोल्ल दवाब पुर्ण उद्वेयले संकलन गरेको हस्ताक्षर बुझाउने क्रममा सांसद कार्कीले नाकाका विषयमा प्रसासन र सरकारसंग कुरा गर्ने बताए ।

सांसद कार्कीले नाकामा अहिले तस्करी बढेको सुनेको छु, उनले भने, नाकालाई सहज वातावरण बनाउने विषयमा सबैको सहयोग चाहिन्छ । उनले सहि निति र ज्ञानको अभावले समस्या रहेको बताए । सबै आफु मात्र जान्ने प्रवृतिले गर्दा समस्या झन विकराल बनेको प्रतिक्रिया दिए । सांसद कार्कीले पर्यटनलाई बस्न र घुम्ने वातावरण बनाउन व्यवसायीलाई समेत आग्रह गरे ।

हस्ताक्षर बुझाउने कार्यक्रममा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र, होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु अधिकारी, नगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), रामबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्