News Portal

झापामा सरकारविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

रातोपोस्ट संवाददाता
८२७ पटक

झापा, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध शक्ति प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।

झापामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

झापामा विहान १२ बजेको पूर्व निर्धारित समयभन्दा केही ढिलोगरी सुरुंगाबाट कांग्रेसले निकालेको मोटरसाइलक र्याली विर्तामोड आइपुग्दा पुरै राजमार्ग भरिभराउ भएको थियो ।नेपाली कांग्रेसले आज झापामा शानदार शक्ति प्रदर्शन गरेको छ ।

विरोधसभालाई सम्बोधन प्रमुख अतिथि पार्टीका केन्द्रीय सहमहामन्त्री डा.  प्रकाशशरण महत गरेका थिए । पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी लगायतका नेताहरु सभामा रहेकाे थियोे भने पार्टीका जिल्ला सभापति उद्धव थापाको अध्यक्षतामा सभा सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्