News Portal

झापामा सोमवार २२ जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
४२४ पटक

झापा,  २९ मंसिर । झापामा सोमवार थप २२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका ९ वटा पालिकामा ४ महिला र १८ जना पुरुषसहित २२ जनामा कोरोना पुष्टि भएको हो ।

दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, कचनकवल गाउँपालिकामा १ जना पुरुष, झापा गाउँपालकामा १ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ७ जना र अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको चौलागाईले जानकारी दिए ।

हालसम्म ३४ हजार ५४७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३३९ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ ।आइसोलेसनमा रहेका सकृय संक्रमित ५६२ र होम आइसोलेसनमा ५५६ र हालसम्म निको भएर घर फर्किएका ३ हजार ६५४ जना रहेको चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्