News Portal

शैलुङ गाउँपालिका वडाध्यक्ष कोरोना संक्रमणबाट मृत्यु

रातोपोस्ट संवाददाता
६५७ पटक

काठमाडौं, २९ मंसिर । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

२४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए । उनका अनुसार लामालाई अर्कै अस्पतालबाट किस्टमा रिफर गरिएको थियो ।

प्रतिकृया दिनुहोस्