News Portal

  • पूर्वपत्नी विरुद्ध कानुनी लडाईंमा जाने मनोज गजुरेलको चेतावनी

    रातोपोस्ट संवाददाता
    ५१० पटक

    काठमाडौं, २९ मंसिर । आफूमाथि अनेक आराेप लगाएकाे भन्दै हाँस्यकलाकार मनाेज गजुरेलले पूर्वपत्नी ढकालविरूद्ध कानुनी कदम चाल्ने तयारीमा रहेको बताएका छन्। सम्बन्ध विच्छेद भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न बाध्य भएको उल्लेख गरेका हुन्।

    सोमबार बेलुका फेसबुकमार्फत् विभिन्न माध्यमबाट आउने गाली बेइज्जती र अनावश्यक तनावको श्रृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई असर पारेको भन्दै कानुनी रूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि विभिन्न आरोप प्रत्यारोप आउन थालेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको उनले बताएका छन्।

    ‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरुको फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ। अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।‚’ कानुनी उपचारको बाटो उपनाउने बताउँदै उनले लेखेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)