News Portal

झापामा मङ्गलवार १२ जनामा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
७६० पटक

झापा, ३० मंसिर । झापामा आज १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलवार जिल्लाका ८ वटा पालिकामा ७ महिला र ५ जना पुरुषसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकामा १ जना महिला, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, गौरादह नगरपालिकामा १ जना महिला, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, कनकाई नगरपालिकामा १ जना पुरुष, बुद्वशान्ति गाउँपालिकामा २ जना महिला, शिवसताक्षी नगरपालिकामा १ जना महिला र बाह्रदशी गाउँपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् । झापामा हालसम्म ३४ हजार ६५७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३५१ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्