News Portal

  • नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २७९ पटक

    काठमाडौं, १ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

    त्यस्तै २४घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)