News Portal

  • अब अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण

    रातोपोस्ट संवाददाता
    ३३३ पटक

    काठमाडौं, १ पुस । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण गर्न सक्ने भएका छन् । यससँगै श्रम स्वीकृतिको नवीकरण गर्न नेपाल आउनुपर्ने झन्झट हट्नेछ ।

    आगामी साताबाट लागू हुने यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु आईएमई पे, ई सेवामार्फत तिर्नु पर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।

    शूल्क भुक्तानी गरेपछि श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)