News Portal

नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४२५ पटक

काठमाडौँ, २ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५८८ जनाको पिसिआर परीक्षण भएकोमा ७७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ । अहिले देशभर ९ हजार ५८० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ९४७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्