News Portal

  • भ्रष्टाचार अभियोगमा मालपोत अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा

    रातोपोस्ट संवाददाता
    ४७५ पटक

    काठमाडौं, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर दाङका मालपोत कार्यालय प्रमुख अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा मालपोत कार्यालयका प्रमुख खड्का, ना. सु. केशवराज अधिकारी, ना.सु. पुष्पराज गिरीको योजनाबमोजिम जग्गाधनी प्रमाणपुर्जा नियमानुसार निशुल्क गर्नुपर्ने कामलाई अड्काई ३ लाख २० हजार रुपैयाँ घुस रकम माग गरी कार्यालय सहयोगी मिनराज गैरेले बुझिलिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

    नीजहरुलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)