News Portal

काँकरभिट्टामा मेचीनगर नागरिक खुला सीमा संघर्ष समितिको विरोध प्रदर्शन

रातोपोस्ट संवाददाता
११९९ पटक

मेचीनगर, ३ पुस । मेचीनगर नागरिक खुला सीमा संघर्ष समितिले आज काँकरभिट्टामा बन्द सीमा नाका खुला गर भन्दै विरोध जुलुस प्रदर्शन गरेको छ ।होटल, पर्यटन व्यवसायी, उद्योगी–व्यापारी लगायत स्थानीयबासीहरुले आज पनि बन्द नाका खुला गर भन्दै छैठौँ चरणको आन्दोलन शुरु गरेका हुन् ।

बन्द नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा बजार, मेचीपुल लगायतका ठाउँमा विरोध जुलुस प्रदर्शन गरेका थिए । र्याली बजार परिक्रमापछि बसपार्कमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष बीना तामाङ, होटल व्यवसायी संघका नगर अध्यक्ष एवम् संघर्ष समितिका संयोजक सुरेशकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष एवम् समितिका सचिव नेत्र कार्की लगायतले तत्काल नाका नखुले झन सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कार्कीका अनुसार शनिबार स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । हाम्रो माग सुनवाई नभए आइतबारदेखि सशक्त आन्दोलन गर्ने उनको भनाइ छ । र्यालीमा पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मेची चेम्बर अफ कमर्सका अध्यक्ष ललितबहादुर बोहोरा, ज्ञानेन्द्र घिमिरे लगायत एकसय भन्दाबढी होटल, यातायात, पर्यटन व्यवसायी, मजदुर, कर्मचारी र स्थानीयको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्