News Portal

संसद् विघटनबारे पार्टीको साझा धारणा बनाउन काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

रातोपोस्ट संवाददाता
८१२ पटक

काठमाडौं, ७ पुष । नेपाली काँग्रेसले आज दिउँसोका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेको छ।

बैठक दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काँग्रेसले संसद विघटनलाई असंवैधानिक भएको बताउँदै आएको छ। ओलीको कदमलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक राखी ओलीको कदमको विरोध गरेका थिए। देउवाले अन्य विपक्षी दलसँग सहकार्य गरी प्रतिवादका विषयहरु तय गर्ने जनाएको छ। यसबीचमा देउवासँग जनता समाजवादी पार्टीका नेताहरुले भेट गरिसकेका छन्। त्यसैगरी सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पनि सानेपा बैठकमा सहभागी भइसकेका छन्।

आज काँग्रेस, जसपा र नेकपा तीनै दलको केन्द्रीय समिति बस्दैछ। बैठक भावी दिनमा कसरी अघि बढ्ने भनी पार्टीको साझा धारणा तयका लागि भएको उनीहरुले जनाएका छन्। बैठकपछिको निर्णयलाई अंगीकार गर्दै ओलीको कदमको विरोधका कार्यक्रम तय गरिने सोमवार सानेपामा बसेको तीन दलको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

प्रतिकृया दिनुहोस्