News Portal

काँकडभिट्टाबाट मानवता प्रवर्द्वनका लागि मेची- महाकाली अभियान शुरू

रातोपोस्ट संवाददाता
१०४९ पटक

झापा,९ पुष। देशभरका ७७ वटै जिल्लामा बेसहारा, असहाय सडकमानवहरूकाे मानवाेचित व्यवस्थापन तथा मानवता प्रवर्द्वनका लागि मेची- महाकाली अभियानकाे शुरूवात पुर्वकाे काँकडभिट्टाबाट शुरू भएकाे छ। उक्त अाज एक कार्यक्रमका बीच प्रदेश नम्बर १ कि सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले अभियानकाे उद्वघाटन गरिकि हुन ।

त्यस्तै कार्यक्रमकाे विशेष अतिथिका रूपमा मेचिनगर नगरपालिका कि कार्यवाहक प्रमुख मिना पाेख्रेल (उप्रेती), अतिथिहरूमा मेचिनगर वडा नं. ६ का अध्यक्ष ललित बहादुर तामाङ,  इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पाेख्रेल, सशष्त्र प्रहरी बल काकडभिट्टाका प्रहरी निरिक्षक प्रेम राई,  मानव सेवा आश्रम काठमाडाैका  अध्यक्ष रामजी अधिकारी, मानव सेवा आश्रम बिराटनगरका अध्यक्ष नवराज केसी, सामाजिक अभियान्ता अर्जुण भुसाल, हाम्राे अभियानका अभियन्ता नरेश माेहरा, बालकृष्ण थापा, तात्-ताताे खबरका सञ्चालक भाग्य न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा राज्यमन्त्री गजमेरले अब काेही पनि असहाय,अपाङ्ग र बेसहारा भएर सडकमा अलपत्र भएर बस्नु नपर्ने बताउँदै यसका लागि सरकारले जस्ताेसुकै सहयाेग गर्ने उद्घाेष गरिन्। त्यस्तै कार्यक्रममा मन्तव्य राख्ने क्रममा मेचिनगर नगरपालिका कि कार्यवाहक प्रमुख मिना पाेख्रेल (उप्रेती) ले यस्ताे महान कार्यकाे उद्घाटन नगरकाे प्राङ्गणमा गर्न पाउनु गर्वकाे विषय रहेकाे बताउँदै उक्त अभियानमा नगरकाे साथ- सहयाेग रहने बताइन्।

त्यस्तै मानव सेवा आश्रम काठमाडाैका अध्यक्षले मन्तव्य राख्दै वि. स. २०८२ सालभित्र शारिरीक तथा मानसिक रूपमा अस्वस्थ भई  खुला आकाशमुनी रात बिताउन विवश घरबार विहिन,बेसहारा,असहाय तथा जीवन नै जाेखिममा रहेका सहयाेगापेक्षी सडकआश्रित मानवहरू रहित राष्ट्र नेपाल निर्माण गरिने बताए।

प्रतिकृया दिनुहोस्