News Portal

  • पर्शुराम हत्यामा संलग्न दुई जनालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक

    रातोपोस्ट संवाददाता
    ३६९ पटक

    झापा, ९ पुस । झापा मेचीनगर- ९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने पर्शुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

    इलाका प्रहरी कार्यालय धुलावारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका सोहि ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकर भनिने भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । दुवैजना नातामा काका भतिज हुन् ।

    वयानका आधारमा मृतक गौतम र भुखन किसानबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरेको भन्ने खुलेपछि प्रहरीले ७ गते नै मेचीनगर- ६ काँकरभिट्टाबाट भुखनलाई पक्राउ गरेको थियो ।

    प्रहरीले पक्राउ पूर्जी दिई पक्राउ गरेपछि भुखनले गौतमलाई कुटपिट गरी कर्तव्य गरी मारेको र सो समयमा लगाएको कपडाहरु काकाको घरमा रहेको माछा मार्ने ढोक्सामा राखेको, फेरि कसैले भेट्लान भनेर घर नजीकै रहेको पानी जमेको पैनीमा फालेको र भेष्ट बाहिरबाट लगाएको पातलो ज्याकेट समेत घरमा राखेको बयान दिएका थिए ।

    दुवैलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद अनुमति लिएर इलाका प्रहरी कार्यालय धुलावारीबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)