News Portal

प्रधानमन्त्री ओलीले गरे ५ मन्त्री नियुक्त

रातोपोस्ट संवाददाता
५६७ पटक

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले यसअघि रिक्त रहेको मन्त्री पदमा शुक्रबार नियुक्ती गरेका हुन् ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रतिकृया दिनुहोस्