News Portal

  • बर्खास्तमा परेका अर्थमन्त्री आङ्बो दिए मुख्यमन्त्रीलाई धन्यवाद !

    रातोपोस्ट संवाददाता
    ३१३ पटक

    काठमाडौं, ११ पुस । पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।

    ‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मा. मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले शनिबार साँझ फेसबुकमा लेखेका छन् ।

    यसअघि, शनिबारै साँझ मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि सरकारबाट निकालिएको हो । आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)