News Portal

जसपाद्वारा काक्रभिट्टामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

रातोपोस्ट संवाददाता
५३६ पटक

झापा, ११ पुस । जनता समाजवादी पार्टी नेपाल झापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । जसपाले झापाको काक्रभिट्टामा शनिबार असंबैधानिक कदम फिर्ता लिन माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको हाे ।

प्रतिनिधिसभा विघटनको बिरोधमा फाईरिङ चाैकबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै काक्रभिट्टामा बजारमा काेण सभा सम्पन्न भएकाे थियो । मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधीसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी मुर्दावाद लगायतका नाराबजी गरेका थिए ।

मसाल जुलुसपछि आयोजित बिरोधसभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य शिव आचार्य, माननिय राधा थापा, १ नम्बर प्रदेश सदस्य शर्मिला आङ्देम्बे, जिल्ला अध्यक्ष अनुपसिङ राजवंशी, मेचिनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे ।

प्रतिकृया दिनुहोस्