News Portal

ओलीले देश, जनता र पार्टीप्रति विश्वासघात गरे : भीम रावल

रातोपोस्ट संवाददाता
१२६४ पटक

काठमाडौं, १२ पुस । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले चुनावको मिति तोकेर पनि मन्त्रिमण्डल विस्तार गर्नु निरंकुश शासकको चरित्र भएको आरोप लगाएका छन्।

‘देश, जनता र पार्टीलाई विश्वासघात र संविधानलाई घात’ गरेका उनले आफूखुसी नयाँ मन्त्री थपेर प्रधानमन्त्री ओलीले पदको उन्माद देखिएको नेता रावलको टिप्पणी छ।

‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्,’ पूर्वमन्त्री रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका छन्।’

प्रतिकृया दिनुहोस्