News Portal

  • भारततिर लैजाँदै गरिएका मूर्ति काँकडभिट्टाबाट बरामद

    रातोपोस्ट संवाददाता
    ४७३ पटक

    काँकडभिट्टा, १२ पुस । झापाको मेचीनगरबाट अवैध रुपमा भारत लगिँदै गरेको १६ थान देवीदेवताको मूर्तिसहित ९७ वटा चाँदीको दियो प्रहरीले बरामद गरेको छ। बरामद गरिएको वस्तुलाई २ लाख ६८ हजार मुल्याकंन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा आइतबार बुझाइसकेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान मेचीनगर नगरपालिका ६ स्थित नकल बन्दा नाकाबाट उक्त वस्तु बरामद गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए। प्रहरीका अनुसार सेतो बोरा राखिएको चाँदी र तामाको लेप लगाएका सरस्वती, दुर्गा, बुद्ध भगवानका मूर्ति र कचौरा प्रकारका ९७ थान दियो बरामद गरिएको हो।

    बरामद गरिएको प्रत्येक मूर्तिको अनुहार कागतले छोपिएको र प्लास्टिकमा प्याक गरेर लाहाको प्रयोग गरी विभिन्न नम्बर लगाइएको डिएसपी पोखरेलले बताए। प्रहरीका अनुसार नेपालमा बनाइएका यस्ता मूर्ति भारतका विभिन्न राज्यमा रहेका मठमन्दिर र गुम्बाहरूमा लैजाने गरिन्छ। त्यहाँ यस्ता वस्तुको माग बढी हुनु गरेको प्रहरीको भनाई छ। पुरातात्त्विक विभागले यसको बेचबिखनमा रोक नलगाएको भए पनि लुकिछिपी अवैध रूप यस्तो वस्तुहरूको कारोबारमा हुनु गरेको प्रहरीको भनाई छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)