News Portal

  • झापामा संसद विघटनको विरुद्ध मशाल जुलस

    रातोपोस्ट संवाददाता
    १०८७ पटक

    झापा, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि संसद् विघटनविरुद्ध युवा तथा विद्यार्थीले आज झापाको बिर्तामोड र दमकमा मशाल जुलस प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन विरोध बिर्तामोड र दमकमा नेकपाका भातृ सङ्गठनमा आबद्ध युवा र विद्यार्थीले प्रदर्शन गरेका हुन ।

    बिर्तामोडमा पश्चिम स्टेसनबाट सुरु गरिएको विरोध र्याली सयौंको संख्यामा मुत्ति चौक परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । विरोध र्यालीमा नेकपाका युवा तथा विद्यार्थीले संसद् विघटन प्रतिगामी कदम भएको उल्लेख गर्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन । मशाल जुलसमा प्रतिगामी कदम खारेज गर, तानासाह मुर्दावाद, फासिवाद मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद जस्ता चर्का नारा लगाएका थिए । कोण सभामा सन्चालन गर्दै राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य कुमार आचार्यले ओलीको प्रतिगमनकारी कदमलाई घुँडा टेकाउने बताए ।

    संसद विघटन गर्नु नाजायज भएको भन्दै आफुहरुले आन्दोलन गरिहरको नेकपाका १ नम्बर प्रदेश सदस्य लिलमणि बरालले बताए । उनले सार्वभोम संसदको राष्ट्रपति र प्रधानमन्त्रीले हत्या गरेको आरोप लगाए । नेकपाका १ नम्बर प्रदेश सदस्य सिपि कडरीयाले संघीय गणतान्त्रिक नेपाललाई ओलीले संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने चेतावनी दिए । उनले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त आन्दोलन सुरु भएको बताए ।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)