News Portal

झापामा संसद विघटनका विरुद्ध कांग्रेसद्वारा विरोध प्रदर्शन

अर्जुन कार्की
१२०६ पटक

झापा, १३ पुस । संसद विघटनको विरोधमा नेपाली काँग्रेस झापाले जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गरेको छ ।काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार संसद विघटन विरोधमा सोमबार झापामा विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु झापाका पाँच वटै निर्वाचन क्षेत्रमा गएर आमसभा र जुलुसमा सहभागि भएका छन् ।

झापा क्षेत्र नम्बर ५ अन्तरगत दमकमा काँग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल र आमन्त्रीत सदस्य दीलीप राई, क्षेत्र नम्बर ४ को दुधे बजारमा केन्द्रीय सदस्य केशवकुमार बुढोथोकीले सम्बोधन गरेका छन् । त्यस्तै क्षेत्र नम्बर ३ को बनियानीमा काँग्रेसका केन्द्रीय सदस्य भारततेन्दु मल्लिक, क्षेत्र नम्बर २ को शनिश्चरेमा आमन्त्रीत केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र क्षेत्र नम्बर १ को धुलाबारीमा केन्द्रीय सदस्य सरिता प्रसाईले कार्यक्रमलाई सम्बोधन गरेको नेपाली काँग्रेस झापाले जनाएको छ ।

धुलाबारी बजारमा संसद पुर्नस्थापना गर लगायतका नारासहित र्यालीपछि आयोजीत कोणसभालाई पूर्व सांसद समेत रहेकी केन्द्रीय सदस्य प्रसाई लगायत नेताहरुले सम्बोधन गरेका थिए । कोणसभामा काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, काँग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । काँग्रेस क्षेत्रीय उपसभापति हर्क फ्याक लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खड्ग धिमालले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्