News Portal

मुख्यमन्त्री राईले गरे १५ जना सांसदलाई निलम्बन

रातोपोस्ट संवाददाता
५५४ पटक

बिराटनगर, १६ पुष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् । यसअघि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको थियो ।

मुख्यमन्त्री राईले आफविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनमा हस्ताक्षर गर्ने १५ जनालाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पटीकरण सोधिएको थियो । जसमा १५ जनालाई निलम्बन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका अन्य चार जना तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले भने मौखिक जवाफ दिएकाले कारवाही नगरिएको बुझिएको छ ।

निलम्बित हुनेमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङबो, बिजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्