News Portal

शिवसताक्षीमा नेकपाको भेला सम्पन्न

कृष्णकुमार थापा
११४० पटक

झापा, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गराई असंबैधानिक कदम र प्रतिगमनतर्फ हिडेकाे भन्दै प्रचण्ड र माधव पक्ष संसद् विघटनविरुद्ध सर्घष गरिरहेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव पक्षहरुले आज झापाको शिवसताक्षी -२ स्थित मंगलबारेमा वडा नम्बर १, २ र ३ को संयुक्त कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको हो । नेकपा वडा नम्बर २ का अध्यक्ष भिम नेम्बाङ्ग सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सदस्य झलकसिँह दर्लामी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दर्लामीले संघीय गणतान्त्रिक नेपाललाई ओलीले संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने बताए । उक्त कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राम ब राई, जिल्ला सदस्य भोजकुमरी नेपाल, राष्ट्रिय युवा सङ्घ नेपाल झापाका उपाध्यक्ष नबिण ईजम लगायतको उपस्थित रहेको थियो । नेत्र नेम्बाङ्गले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन शान्तिराम न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्