News Portal

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६१८ पटक

काठमाडौं, १७ पौष । नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४२६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६१ हजार १९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५३ हजार १०७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.९ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ३७ हजार ७०२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३६७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ४८ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्