News Portal

  • विप्लव निकट जनपत्रकार संगठनकाे बैशाखमा राष्ट्रिय सम्मेलन हुने

    रातोपोस्ट संवाददाता
    ५५६ पटक

    काठमाडौं,  १७ पुस ।  जनपत्रकार संगठन नेपालको आगामी बैशाख २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

    जनपत्रकार संगठन नेपालको हालै सम्पन्न केन्द्रीय चाैथाे बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ समेत गठन गरेको छ ।

    बैठकबाट संगठनका पूर्व पदाधिकारीहरुको सकारात्मक योगदानप्रति धन्यवाद दिँदै बिदाई गरिएको छ ।

    आसन्न नेपाल पत्रकार महासंघको चुनावमा सहभागिता र प्रभावकारी उपस्थितिका लागि सम्पूर्ण तयारीका कामलाई अगाडि बढाउने र श्रमजीवि पत्रकारहरुको हक, अधिकारहरुबारे सशक्त रुपमा आवाज उठाउँदै संघर्ष गर्ने लगायतका विभिन्न निर्णयहरु रहेका छन् ।

    विषय: प्रेस विज्ञप्ति जनपक्षीय पत्रकारहरुको गौरवशाली संगठन जनपत्रकार संगठन नेपालको केन्द्रीय समितिको चौथो पूर्ण बैठक यही २०७७ पौष १४ गते सम्पन्न भयो ।

    बैठकद्वारा पारित निर्णयहरुको प्रेस विज्ञप्ति 

    १. परिवर्तन र न्यायको खातिर आफ्नो जीवनको प्राणोत्सर्ग गर्ने तमाम सहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली गर्दै बैठक प्रारम्भ भयो ।

    २ बैठकमा संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माद्वारा अध्यक्षता र बैठक सञ्चालन गर्दै एजेण्डाहरु प्रस्तुत गरियो ।

    ३. आगामी २०७८ बैशाख २५ र २६ गते काठमाडौंमा संगठनको राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ गठन गरियो । साथै यस बैठकबाट संगठनका पूर्व पदाधिकारीहरुको सकारात्मक योगदानप्रति धन्यवाद दिँदै बिदाई गरियो ।

    ४.  आसन्न फागुन ३ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा सहभागिता र प्रभावकारी उपस्थितिका लागि सम्पूर्ण तयारीका कामलाई अगाडि बढाउने निर्णय गरियो ।

    ५. श्रमजीवि पत्रकारहरुको हक, अधिकारहरुबारे सशक्त रुपमा आवाज उठाउँदै संघर्ष गर्ने निर्णय गरियो । हार्दिक अभिवादन सहित ।

    No description available.

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)