News Portal

प्रचण्ड र माधवमा विचलन देखियो : खानेपानी मन्त्री थापा

रातोपोस्ट संवाददाता
८०८ पटक

काठमाडौं, १७ पुस । नेकपा स्थायी कमिटी सदस्य एवं खानेपानी मन्त्री मणि थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालमा बिचलन देखिएको बताएका छन्। काठमाडौंको निर्वाचन क्षेत्र नं ७ मा आयोजित कार्यकर्ता भेलामा उनले दुई नेतामा विचलन आउँदा पार्टी अफ्ठेरो अवस्थामा पुगेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मुलुक समृद्धितर्फ अघि बढेका बेला पार्टी भित्रबाटै बेइमानी सुरु भएको बताउँदै उनले एक भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा सहरी विकास राज्यमन्त्री एवं सत्तारुढ नेकपाका केन्द्रीय सदस्य रामवीर मानन्धरले केही नेताको सिमित स्वार्थका कारण नेकपा विभाजनको मुखमा पुगेको बताए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ स्तरीय कार्यकर्ता भेलामा मन्त्री मानन्धरले केही नेताको स्वार्थका कारण पार्टी फुटको मुखमा पुगेको बताए। उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले धैर्यता कायम गर्न नसक्दा पार्टीमा समस्या पैदा भएको दाबी गरे।

प्रतिकृया दिनुहोस्