News Portal

  • उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

    रातोपोस्ट संवाददाता
    ३४८ पटक

    झापा, २० पुस । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश -१ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन्। सोमबार झापाको बिर्तामोडमा भएको तेस्रो साधारणसभाले ढकाललाई निर्विरोध निर्वाचित गरेको हो।

    भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष हुन्। जिल्ला नगर उपाध्यक्ष बाहेक एसोसिएट उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। महासंघको प्रदेश-१ मा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन्।

    साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, महासंघका विशिष्ट सदस्य किशोर प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)