News Portal

  • श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

    रातोपोस्ट संवाददाता
    ४७५ पटक

    ईलाम, २२ पुस। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)