News Portal

  • नाका सहजीकरण गर्न माग गर्दै व्यवसायीहरू द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    प्रवीण अधिकारी
    ४८१ पटक

    झापा, २२ पुस। काेराेना भाइरस (काेभिड-१९) का कारण लामाे समयदेखि बन्द रहेकाे सिमानाका खुलाउन माग गर्दै पटकपटक आन्दोलन गरेका व्यवसायीहरूले आन्दोलनकाे धार परिवर्तन गर्दै अन्ततः स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरू माझ अन्तरक्रिया कार्यक्रम गरेका छन्।

    लामो समयदेखि सिमानाका बन्द रहेका कारण नाका आसपासका विभिन्न व्यापार व्यवसायहरू धराशयी बन्दै गएपछि यहाँका व्यापारीहरू आन्दोलनमा उत्रिएका थिए। यसपटक भने आन्दोलनकाे धार परिवर्तन गर्दै व्यवसायीहरूले अन्तरक्रिया कार्यक्रम गरेका हुन ।

    हिजो मेचिनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची बस व्यवसायी संघकाे कार्यालयमा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि एवम उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रदेश सांसद श्रीप्रसाद मैनाली रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नगर प्रमुख विमल आचार्य रहेका थिए। त्यस्तै अतिथिहरूमा इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी राजेन्द्र पाेख्रेल, सशस्त्र प्रहरी बल काकडभिट्टाका प्रमुख प्रेम राई, होटल व्यवसायी संघका केन्द्रीय सचिव राजु अधिकारी, हाेटल व्यवसायी संघ मेचिनगरका अध्यक्ष सुरेश श्रेष्ठ (गाेपाल), प्रज्ञा सभा सदस्य सुभद्रा भट्टराई, उद्योग बाणिज्य संघकी उपाध्यक्ष बिना तामाङ्ग, नेपाली काङ्ग्रेसका मेचिनगर सभापति इन्द्र बहादुर बुढाथोकी, विभिन्न क्षेत्रका व्यवसायीलगायत राजनितीक दलका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियोे ।

    कार्यक्रममा व्यवसायीहरूले आफुहरूलाई परेको समस्या र राेगले भन्दा भाेकले मर्ने अवस्था आएको भन्दै नाका सहजीकरणकाे माग राखेका थिए। कार्यक्रममा सरकार पक्षका वक्ताहरुले नाका सहजीकरणकाे लागि केन्द्रीय सरकारकाे स्पष्ट धारणा नआएको भन्दै संयमित भएर मात्रै नाका खाेल्नुपर्ने र हाल नाकामा धेरै सहजीकरण गरिएको जिकिर गरे। उक्त सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले पुर्वी नाका देशभरकै सुरक्षित रहन सफल रहेको र छिटोभन्दा छिटो सुरक्षा मापदण्ड अपनाएर नाका खाेल्ने पक्षमा सरकार रहेको भन्दै व्यवसायीहरूलाई केही समय पर्खन आग्रह गरे।

    कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख बिमल आचार्य, इप्रका काकडभिट्टाका डिएसपी राजेन्द्र पाेखरेल, प्रज्ञा सभा सदस्य सुभद्रा भट्टराई, बाणिज्य संघकि उपाध्यक्ष बिना तामाङ्ग, केशव गिरी, काङ्ग्रेस नेता इन्द्रबहादुर बुढाथोकी, हाेटल व्यवसायीसंघका अध्यक्ष सुरेश श्रेष्ठ (गाेपाल) लगायतले आफ्नो मन्तव्य राखेका थिए। होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठ (गाेपाल) को अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमकाे सञ्चालन ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)