News Portal

शिवसताक्षीमा पानीमा डुबेर बालकको मृत्यु

रातोपोस्ट संवाददाता
१२८२ पटक

झापा, २२ पुस । झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो घरदेखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्