News Portal

हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

रातोपोस्ट संवाददाता
४६७ पटक

काठमाडौं, २३ पुस। भारतकाे मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत मोतीहारीकै २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित सडकमा सुबोधले मंगलबार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।

छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना.१ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)